PahiloPost

May 15, 2026 | १ जेठ २०८३

२ हजार डोज कोभिड भ्याक्सिन उपहार बोकेर बहराइनका राजकुमार खलिफा सगरमाथा चढ्न नेपालमा



पहिलोपोस्ट

२ हजार डोज कोभिड भ्याक्सिन उपहार बोकेर बहराइनका राजकुमार खलिफा सगरमाथा चढ्न नेपालमा

काठमाडौं : सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न बहराइनका राजकुमार शेख मोहामेद हमद मोहामेद अल खलिफा नेपाल आइपुगेका छन्। राजकुमार अल खलिफासहित १६ जनाको टोली शैन्य विशेष विमानबाट आज नेपाल आइपुगेको हो।

सो टोलीले गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका बासिन्दाको लागि कोरोना भाइरस विरुद्धको २ हजार डोज अस्ट्रा जेनिका खोपसमेत उपहारको रुपमा ल्याएको छ।

सो टोलीले २०२० को अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमालको सफल आरोहण गरेको थियो। टोली नेपालमा करिब ८० दिन रहने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell