PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संकटालाई हराउँदै मच्छिन्द्र स्थानीय तह शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा



निशा गुरुङ

संकटालाई हराउँदै मच्छिन्द्र स्थानीय तह शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा

हेटौँडा : मच्छिन्द्र क्लब हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमवार भएको खेलमा संकटा क्लबलाई हराउँदै मच्छिन्द्र सेमिफाइनमा प्रवेश गरेको हो।

प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले संकटालाई १-० गोल अन्तरले हराएको हो। मच्छिन्द्रको जितमा राजेश परियारले निर्णायक गोल गरे। उनले खेलको पहिलो हाफको २४ औँ मिनेटमा गरेको एकमात्र गोल मच्छिन्द्रको जितको लागि पर्याप्त बन्यो।

खेलको म्यान अफ द म्याच मच्छिन्द्रका तर्फबाट गोलकर्ता परियार घोषित भए। उनले नगद १० हजार पुरस्कार प्राप्त गरे।

अब मच्छिन्द्रले फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनल अन्तर्गत आयोजक रिगल रिसोर्ट मकवानपुर ११ विरुद्ध बुधवार खेल्ने छ।

मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा आयोजना भएको तेस्रो संस्करणको फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार सेमिफाइनल प्रवेशका लागी वाग्मती युवा क्लब सर्लाही र विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनबीच खेल हुने आयोजकले जनाएको छ।

चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफसलका क्लब गरी दश टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell