PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पहलमान देवा थापालाई १७ किलोको चाँदीको गदा



पहिलोपोस्ट

पहलमान देवा थापालाई १७ किलोको चाँदीको गदा

वीरगंज : अन्तर्राष्ट्रिय स्तरमा कुस्ती खेलका चर्चित नेपाली पहलमान देवा थापालाई बारामा आज सम्मानित गरिएको छ। बाराको पचरौता नगरपालिकाको बेलदारीमा सम्पन्न दुई दिने नेपाल-भारत अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा अत्यधिक ७ पटकसम्म विजेता बनेकोमा उनलाई १७ किलोको चाँदीको गदासहित सम्मानित गरिएको थियो।

नेपाली कांग्रेस निकट खेलकुद विभागको आयोजनामा स्वर्गीय खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको स्थानीय आयोजक र खेलकुद विभागका सदस्य मणीभूषण यादवले उनलाई गदासहित सम्मानित गरेका थिए। प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतवार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell