जनकपुरधामः सिरहाको लहानमा भएको बम काण्डमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले मालपोत कार्यालयमा भएको बम काण्डमा संलग्न रहेको आशंकामा ३९ वर्षीय बलराम मण्डललाई पक्राउ गरेको हो।
मण्डललाई सुखीपुर नगरपालिकास्थित सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरी सिरहाका एसपी दिनेश गिरीले जानकारी दिए।
गिरीका अनुसार मण्डल पहिले पनि विभिन्न आपराधिक गतिविधमा संलग्न रहेको पाइएको छ। एसपी गिरीले मालपोत कार्यालयको सिसिटिभी फुटेजको अनुसन्धानका आधारमा उनलाई पक्राउ गरिएको बताए।
लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा ८ जना घाइते भएका थिए।
