काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन्।
राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दल, पूर्व प्रधानमन्त्रीहरु र दलका शीर्ष नेतालाई बोलाएको राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले जानकारी दिए।
बैठक अपराह्न चार बजे शीतलनिवासमा बस्ने छ। ‘बैठक औपचारिक हो। राजनीतिक बिषयभन्दा पनि जमघट हो,’ अधिकारीले भने।
पुस ५ पछि अस्थिर बन्दै गएको राजनीतिक घटनाक्रमका बीच राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकलाई महत्वका साथ हेरिएको छ।
यसअघि खारेज भएको नेकपाको विवाद पनि राष्ट्रपतिले मध्यस्थता गरेर मिलाएको भन्दै आलोचना भएको थियो।
