PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बार्सिलोनाको जितमा मेस्सीको दोहोरो गोल



पहिलोपोस्ट

बार्सिलोनाको जितमा मेस्सीको दोहोरो गोल
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले हुएस्कामाथि सहज जित निकालेको छ। क्याम्पनाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले ४-१ गोलअन्तरले सहज जित निकालेको हो।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले दोहोरो गर्दा एन्टोनी ग्रिजमन र ओस्कर मिनगुएजाले एक/एक गोल गरे। उता हुएस्काका लागि रफा मिरले सान्त्वना गोल गरे।

खेलको १३ औं मिनेटमा मेस्सीको गोलमा अग्रता बनाएको बार्सिलोनाका लागि ३५ औं मिनेटमा ग्रिजमनले अग्रता दोब्बर बनाए। उता हुएस्काका लागि पहिलो हाफको इन्ज्युरी समयमा मिरले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल फर्काए।

दोस्रो हाफ मिनगुएजाले बार्सिलोनाका लागि गोल थपे। उनले खेलको ५३ औं मिनेटमा गोल गर्दा मेस्सीले ९० औं मिनेटमा ब्यक्तगित दोस्रो गोल थपे। र, बार्सिलोनाले ४-१ को फराकिलो जित निकाल्यो।

योसँगै २७ खेलबाट ५९ अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिडको ६३ अंक र तेस्रो स्थानमा रहेको रियल मड्रिडको ५७ अंक छ। पराजित हुएस्का भने २० अंक जोडेर तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell