PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहल निर्माणमा ढिलाई, २ वर्षमा सकिने घोषणाका साथ २०७५ मा राष्ट्रपतिबाट भएको थियो शिलान्यास



पूजा पन्थी

लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहल निर्माणमा ढिलाई, २ वर्षमा सकिने घोषणाका साथ २०७५ मा राष्ट्रपतिबाट भएको थियो शिलान्यास

बुटवल : लुम्बिनीमा २ वर्ष भित्रमा सञ्चालनमा ल्याउने गरी निर्माण थालिएको अन्तराष्ट्रिय सभाहल तथा ध्यानकेन्द्रको पहिलो चरणको काम सकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सभाहल निर्माण सम्पन्न गर्ने घोषणा गरेको २ वर्षपछि शिलान्यास भयो। अहिले दोस्रो चरणमा मुख्य सभाहलको फिनिसिङको काम भइरहेको छ।

सभाहल निर्माणको लागि परामर्शदाता छनोट, डिजाईन, लागत अनुमान र ठेक्का प्रक्रियामै दुई वर्ष वित्यो।

पहिलो चरणको लागि ३१ करोड ७९ लाखमा सभाहल तथा ध्यानकेन्द्र निर्माणको लागि ठेक्का प्रक्रियामा जाने भएपछि बल्ल २०७५ वैशाख १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास गरियो। सभाहल निर्माणमा अहिलेसम्म बल्ल पहिलो चरणको काम सम्पन्न भएको छ।

अहिले ३१ करोड लागतमा दोस्रो चरणको काम चलिरहेको छ। अब २०७८ साल जेठमा हुने बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय सभाहल तथा ध्यानकेन्द्रको उद्घाटन गर्ने लक्ष्य रहेको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानीन राईले बताए।

४ विघाहा क्षेत्रमा सभाहल बनेको छ। ध्यानकेन्द्रको छाना सर्कुलर डोम आकारको रहने छ भने कोरियन प्रविधिबाट निर्माण गरिएको हो।

चैत मसान्तसम्म सक्ने गरी काम भएपनि कोरोनाका कारण ध्यान केन्द्रका निर्माण २०७८ को जेठ महिनाभित्र सकिने र बुद्धजयन्तमा उद्घाटन गरिने लक्ष्य राखिएको छ। पहिलो चरणमा सभाहल, दुई वटा शौचालय, कन्ट्रोल रुमको निर्माण भएको हो।

तापक्रम अनुसार सभाहलभित्र आफै ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुने छ।

अहिले दोस्रो चरणमा मुख्य सभाहलको फिनिसिङको काम चलेको छ भने रंगरोगन, पर्खाल उठाउने, हेलिप्याड निर्माण, चमेना गृह, बगैंचा, सडक, शौचालयको निर्माणको काम चलेको छ। ध्यान केन्द्रको छाना ५० एमएमका इपीएस स्याण्डबीच प्यानको ट्रसबाट बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell