PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

शिवरात्रि मेला हेर्न गएको दुई दिनपछि मृत भेटिएका पुरुषको हत्या भएको आशंका, चार जना पक्राउ



रासस

शिवरात्रि मेला हेर्न गएको दुई दिनपछि मृत भेटिएका पुरुषको हत्या भएको आशंका, चार जना पक्राउ

बैतडी : युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिइएको हो।

अनुसन्धानकै क्रममा रहेकाले नियन्त्रणमा लिइएकाहरूको नाम खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए। उनले भने, ‘चार जनालाई सोधपुछका लागि नियन्त्रणमा राखेका छौँ, अनुसन्धान भइरहेको छ।’

गत शुक्रबार गोकुलेश्वरस्थित शिवरात्रि मेला हेर्न गएका रमेश साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा शनिबार बेलुका चौलानी नदीको बीच भङ्गालोमा मृत भेटिएका थिए। कार्कीको टाउको, मुख, पेट, छाती, खुट्टामा चोट रहेकाले प्रहरीले हत्या भएको आशङ्का गरेको छ। मृतक कार्कीको शव गोकुलेश्वर अस्पतालमा रहेको छ। शव परीक्षण सम्पन्न भए पनि आफन्तले अझै बुझेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell