PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

केपी ओ‌लीको प्रस्ताव : मलाई साथ दिनुस्, वामदेवको जवाफ : २८ गतेको निर्णय फिर्ता लिनुस्



प्रकाश भण्डारी

केपी ओ‌लीको प्रस्ताव : मलाई साथ दिनुस्, वामदेवको जवाफ : २८ गतेको निर्णय फिर्ता लिनुस्

काठमाडौं : नेकपा एमाले मध्यमार्गी धारको नेतृत्व गरिरहेका नेता वामदेव गौतमले हिजो पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग भेटेर पार्टी एकतावद्ध बनाउन प्रयास गरे पनि असफल भएको ब्रिफिङ गरेका छन्। 

'एकताको निम्ति काम गर्ने हामी बाहेको कोही थिएन,' वामदेव गौतमले एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठकमा भने, 'संसारका अगाडि अंकमाल गरेर एकतावद्ध भएको देखाउने आशा थियो। तर, त्यसो भएन।'

भेटमा गौतमले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई पार्टी विभाजन गर्ने क्रियाकलाप गरेको आक्षेप लगाएका थिए। 
'तपाईँ नेकपा एमालेको संरक्षक पनि हो। तर, तपाईँले कार्यकर्ताको संरक्षण गर्न सक्नु भएन। पार्टी पुनस्थापित भए पनि गतिविधि पुरानै भए,' आफूले ओलीलाई भनेको सन्दर्भ गौतमले सुनाए। 

गौतमले ओलीलाई सरकारमा वामपन्थी नरहने गरी सरकार नचलाउन सुनाएको बताए।  

'वामपन्थी सरकार बनाउने मुख्य शक्ति माओवादी र एमाले हो। मैले मिलौ भनेँ,' वामदेवले भने, 'एमालेभित्रै अहिले मुख्य समस्या देखियो।' 
ओलीले गौतमलाई आफूलाई साथ दिन आग्रह गरेको उनले सुनाए। 'मैले मेरा सुझाव माने आउँछु नभए एकता अभियान चलाउँछु भनेँ ,' गौतमले भने, 'सबै राजनीतिक शक्ति एक ठाँउमा ल्याउन सफल हुनेछु।'

उनले माधव नेपाल र ओलीबिच हिजो भएको वार्ता निष्कर्षहीन भन्न नमिल्ने दावी गरे। माधव नेपाल समानान्तर कमिटी बनार अगाडि बढिसकेको बताउँदै नेता गौतमले ओलीले फागुन २८ गतेको निर्णय फिर्ता लिए एकता हुने बताए। त्यसो भएमा एकता अभियान आवश्यक नपर्ने सुनाए।

'युद्धरत पक्षका बिचमा वार्ता गराउन सफल भएको छु। यसको आवश्यकता छँदासम्म अघि बढने छौं,' उनले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell