PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

एमाले ब्युँतिएपछि बालुवाटारमा ओलीको चियापान

एमाले ब्युँतिएपछि बालुवाटारमा ओलीको चियापान

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आज एमाले नेता, कार्यकर्ताहरुका लागि चियापान आयोजना गरेका छन्।

नेकपा माओवादी केन्द्रसँगको एकता सर्वोच्च अदालतले अमान्य घोषित गरेपछि ओलीले बालुवाटारमा चियापान आयोजना गरेका हुन्। उक्त कार्यक्रममा माधव नेपाल र झलनाथ खनाल समूह भने उपस्थित छैनन्।

चियापान समारोहमा मन्त्रीहरु, ओली निकट प्रदेशका मुख्यमन्त्री, सांसद, प्रदेशसभा सांसदहरुको उपस्थिति रहेको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell