PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक, दशरथ रंगशालामा नेपालले १२ गते कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक, दशरथ रंगशालामा नेपालले १२ गते कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल, बंगलादेश र कीर्गिस्तानबीच हुन गइरहेको त्रिदेशीय फुटबल सिरिजको तालिका घोषणा गरेको छ।

मार्च २३ (चैत १०) गते हुने पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान भिड्नेछन्। त्यस्तै मार्च २५ (चैत १२) गते हुने खेलमा नेपालले कीर्गिस्तान भिड्नेछन्। र, मार्च २७ (चैत १४) मा हुने खेलमा नेपाल र बंगलादेश भिड्नेछन्। जसमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। कीर्गिस्तानले यू २३ टोली नेपाल पठाउने छ।

मार्च २९ (चैत १६) गते फाइनल खेल हुनेछ। सबै खेलहरु साढे पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell