PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

चैत ५ पछि माओवादी केन्द्र, कांग्रेस र जसपाबीच गठबन्धन बन्छ : वर्षमान पुन



पहिलोपोस्ट

चैत ५ पछि माओवादी केन्द्र, कांग्रेस र जसपाबीच गठबन्धन बन्छ : वर्षमान पुन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समिकरणले मुर्त रुप पाउने बताएका छन्। मंगलवार नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा, नेपाल बीचको सत्ता समिकरणले मुर्त रुप पाउने बताएका हुन्।

तीन दलबीच गठबन्धन हुने दाबी गर्दै उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलन गरिएका कारण तीन दलिय गठबन्धन प्राकृतिक हुने पनि बताए।

उनले भने, ‘५ गते जसपाको बैठक छ, उहाँहरुको त्यो बैठकपछि यो सत्ता समिकरणले मुर्त रुप पाउँछ। माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको बीचमा गठबन्धन बन्छ किनपनि भन्दा हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो, यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आ-आफ्नो ढंगले आन्दोलन गरेको सन्दर्भमा र संसद पुनर्स्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो।’

नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताए। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell