बुटवल : नेपाली कांग्रेसका सह महामन्त्री एवं पूर्व परराष्ट मन्त्री प्रकाश शरण महतले कांग्रेस सरकारमा जान लालायित नभएको बताएका छन्। नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
संसद अंक गणितले चल्ने हुँदा कांग्रेसलाई सरकारमा लिन दौड धुप चले पनि कांग्रेस सरकारमा जान नहतारिएको उनको धारणा थियो। महाधिवेशन अब तोकिएको समयमै हुनेमा कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे।
गफ गरेर नहुने भन्दै काम गर्नका लागि अगाडि बढ्न कांग्रेसनै निर्विकल्प भएको भन्दै उनले झुठो बोल्न कम्युनिस्टबाट सिक्नुपर्ने बताए।
कम्युनिस्टलाई लक्षित गर्दै नेता महतले भने, ‘तिललाई पहाड बनाउने काम कांग्रेसले गर्दैन।’
कार्यक्रममा प्रतिनिधिसभा सदस्य गोपाल दहित, महासमिति सदस्य जन्मजय तिमिल्सिना लगायत नेता कार्यकर्ता सहभागी थिए।