PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

राष्ट्रपतिको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको चेतावनी: काम गर्न नदिए फेरि पनि संसद भंग गर्छु



पहिलोपोस्ट

राष्ट्रपतिको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको चेतावनी: काम गर्न नदिए फेरि पनि संसद भंग गर्छु

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: प्रतिनिधिसभा विघटन गर्न सक्ने बताएका छन्। मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा उनले यस्तो बताएका हुन्।

'मलाई संसदबाटै काम गर्न दिइएन्। मुद्दै मुद्दा हालियो। अदालतबाट मलाई हराइयो,' उनको भनाईलाई उदृत गर्दै एक नेताले भने, 'अहिले पनि संसद चल्न दिइएन्। फेरि पनि विघटनको औचित्य पुष्टि भएको छ। सरकार र संसद चल्न नसके फेरि पनि विघटन हुन्छ।'

उनले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमको बचाउ गरेका थिए। बैठकमा उनले सरकारलाई काम नै गर्न नदिएको भन्दै गुनासो पोखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell