PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पूर्वी नवलपरासीमा जिल्ला जनगणना कार्यालय स्थापना



पहिलोपोस्ट

पूर्वी नवलपरासीमा जिल्ला जनगणना कार्यालय स्थापना

बुटवल : आगामी वर्षको जेठ २५ गतेबाट देशैभर सञ्चालन हुन गइरहेको राष्ट्रिय जनगणना २०७८ को लागि पूर्वी नवलपरासीमा पनि जिल्ला जनगणना कार्यालय मंगलवारबाट सञ्चालनमा आएको छ। जिल्लाको कावासोती नगरपालिकाको थकाली चोकमा कार्यालय स्थापना गरेर काम शुरु गरिएको जिल्ला जनगणना कार्यालय पूर्वी नवलपरासीका प्रमुख जितेन्द्र रानाभाटले बताए।

प्रमुख रानाभाटका अनुसार आवश्यक कर्मचारीलाई अनलाईन मार्फत् आवेदन माग गरिदा, इन्टरनेटको पहुँचमा नभएका र चलाउन नजान्नेहरुले फारम भर्न नसक्ने भएकाले चैत्र ५ गतेदेखि ११ गतेसम्म जिल्ला कार्यालयमा नै आएर फारम भर्न सकिने व्यवस्था गरिएको छ। नवलपुरका लागि ४ सय ७२ जना गणक र १०४ जना सुरपरिवेक्षकको माग रहेको छ।

२०७८ वैशाख २६ देखि जेठ १४ सम्म २० दिनको अवधिमा सुपरिवेक्षकहरुद्वारा घर तथा घरपरिवारको सूचीकरण गर्ने, २०७८ जेठ २५ देखि अषाढ ८ सम्म १५ दिनको अवधिमा गणकहरुबाट मुल गणनाको काम हुने र अषाढ ८ गते जनगणना दिवस मनाउने गरी काम हुने रानाभाटले बताए।

राष्ट्रिय जनगणना देशैभर एक साथ २०७८ जेठ २५ बाट शुरु भएर असार ८ गते सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell