PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विदेशी क्लब अरास स्थानीय तह शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा



निशा गुरुङ

विदेशी क्लब अरास स्थानीय तह शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा

हेटौँडा : हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप प्रतियोगितामा आज भएको खेलमा वाग्मती युवा क्लब सलार्हीलाई हराँउदै विदेशी क्लब अफ्रिकन रुट्स एशोसिएसन (अरास) डुवल क्यामरुन सेमिफाईनलमा प्रवेश गरेको छ।

वाग्मती युवा क्लब सलार्ही विरुद्ध एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अरासले सेमिफाइनलमा स्थान बनाएको हो। अरास वाग्मतीविरुद्ध २–१ गोल अन्तरले विजयी भयो।

पहिलो हाफको २४ औं मिनेटमा लिएको अग्रता अन्तिम समयमा जोगाउँन नसक्दा वाग्मती युवा क्लब पराजित भयो। विदेशी क्लब अरासका लागी बासेक र लोइसले एक एक गोल गर्दै जित निकाले। यसअघि वाग्मतीका लागी २४ औं मिनेटमा विदेशी खेलाडी स्टेफन समिरले गोल गरेका थिए।

खेलको म्यान अफ द म्याच अरासका मौसा घोषित भए। उनले नगद १० हजार पुरस्कार प्राप्त गरे।

अब फाइनल प्रवेशका लागी अरासले विभागीय टोली नेपाल आर्मी क्लबसँग प्रतिष्पर्धा गर्ने छ। अरास र आर्मीबीचको दोश्रो सेमिफाइनल खेल ५ गते बिहीवार हुनेछ।

यसैगरी प्रतियोगिता अन्तर्गतको पहिलो सेमिफाइनल खेल भोलि बुधवार आयोजक रिगल रिसोर्ट मकवानपुर ११ र मच्छिन्द्र क्बलबीच हुनेछ।

मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा जारी तेस्रो संस्करणको फुटबल प्रतियोगितामा एउटा विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell