PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब लिटरको ११८ रुपैयाँ



पहिलोपोस्ट

निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब लिटरको ११८ रुपैयाँ

काठमाडौं : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ११८ र डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ पुगेको छ।

साथै, हवाई ईन्धनको आन्तरिकतर्फ साविकको मूल्यमा २ रुपैयाँ बृद्धि गरी ७४ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ। त्यस्तै, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत राखिएको निगमले बताएको छ।

यसअघि निगमले फागुन १७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले फागुन ४ तथा माघ ६ र २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell