PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एटलान्टालाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा



पहिलोपोस्ट

एटलान्टालाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एटलान्टामाथि जित निकालेको छ। अन्तिम १६ को दोस्रो लेगको खेलमा एटलान्टालाई गएरातिको खेलमा ३-१ ले हराएको रियलले समग्रमा ४-१ ले जित निकाल्दै अन्तिम ८ मा प्रवेश गरेको हो।

स्टेडियो अल्फ्रेडो डिस्टेफानोमा सम्पन्न गएरातिको खेलमा घरेलु टोलीका लागि लुका मोड्रिचको पासमा गोल गर्दै करिम बेञ्जेमाले ३४ औं मिनेटमा अग्रता दिलाए।

पहिलो हाफमा एक गोलले अघि रहेको रियलका दोस्रो हाफमा सर्जियो रामोसले गोल थपे। उनले खेलको ६० औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे। उता एट्लान्टाका लागि लुइस फर्नान्डो मुरियएलले ८३ औं मिनेटमा सान्त्वना गोल त फर्काए तर त्यसको एक मिनेट पनि नबित्दै रियलका मार्को एसेन्सिओले गोल फर्काए। र, रियलले ३-१ गोल अन्तरले जित निकाल्यो। यसअघि पहिलो लेगमा रियलले १-० जित निकालेको थियो।

जितसँगै रियलले समग्रमा ४-१ को जित निकाल्दै रियल मड्रिडले अन्तिम आठमा स्थान सुरक्षित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell