PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सहज जित निकाल्दै सिटी क्वाटरफाइनलमा



पहिलोपोस्ट

सहज जित निकाल्दै सिटी क्वाटरफाइनलमा
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्बल मुन्छेनग्लाडबाखमाथि जित निकालेको छ। हंगेरीस्थित पुस्कास एरेनामा सम्पन्न दोस्रो लेगको खेलमा सिटीले ग्लाडबाखमाथि २-० ले जित निकालेको हो। पहिलो लेगमा पनि २-० कै जित निकालेको सिटीले समग्रमा ४-० को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

गएरातिको खेलमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगन र केभिन डी ब्रुइनले गोल गरे। सिटीले दुबै गोल पहिलो हाफमै गरेको थियो। खेलको १२ औं मिनेटमा रियाद महरेजको पासमा ब्रुइनले सिटीलाई अग्रता दिलाएका थिए भने १८ औं मिनेटमा फिल फोडेनको पासमा गुण्डोगनले गोल थप्दा सिटीले २-० को जित निकालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell