PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

सर्वोच्चमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान



पहिलोपोस्ट

सर्वोच्चमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका दुई जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। समितिको आज बसेको बैठकले उजुरी आह्वान गरेको हो।

न्याय परिषद्ले गत शुक्रबार सर्वोच्च अदालतका लागि दुई र उच्च अदालतमा १६ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो। उच्चको हकमा सुनुवाइ हुँदैन।

सर्वोच्चमा सिफारिस भएका नहकुल सुवेदी र कुमार चुडालविरुद्ध सुनुवाइका लागि समितिले उजुरी आह्वान गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

समितिले १० दिन भित्र आह्वान गरिएको उजुरीमाथि छानविन गरी प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ गर्नेछ। सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell