PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ओलीको चेतावनी लत्याउँदै नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु, नेता कार्यकर्ताको बाक्लो उपस्थिति



प्रकाश भण्डारी

ओलीको चेतावनी लत्याउँदै नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु, नेता कार्यकर्ताको बाक्लो उपस्थिति

ललितपुर : प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा चेतावनीकै बिच नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूहको भेला सुरु भएको छ। सानेपा हाइटमा सुरु भएको भेलाको पूर्व प्रधानमन्त्री झलनाथ खनालले अध्यक्षता गरेका छन्। 

हिजो प्रधानमन्त्री ओलीले समानान्तर भेला नगर्न तथा नेता र कार्यकर्तालाई त्यसमा सहभागी नहुन निर्देशन दिएका थिए। प्रत्युत्तरमा एमालेको माधवकुमार नेपाल समूहका प्रवक्ता योगेश भट्टराई ओलीलाई नै भेलाको उद्‍घाटनमा आउन निम्तो दिँदै ओलीको निर्देशन लत्याएका थिए। 

हेरिटेज गार्डेनमा एमालेका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ अहिले। माधवकुमार नेपाल भेलामा विशेष अतिथि रहेका छन्। सिद्धिलाल श्रेष्ठ पनि भेलामा अथितिका रुपमा रहेका छन्। त्यसैगरी राधाकृष्ण मैनाली पनि अथितिका रुपमा भेलामा सहभागी भएका छन्। भेलामा एमालेका वुद्धिजीवी कमल कोइराला पनि उपस्थित छन्। 

हेरिटेज गार्डेनमा बनाइएको नेताहरुको मञ्चमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, अष्ठलक्ष्मी शाक्य, गोकर्ण विष्ट, युवराज ज्ञवाली लगायतका नेताहरु रहेका छन्। उल्लेख्य रुपमा नेता तथा कार्यकर्ताको कार्यक्रमस्थलमा सहभागिता देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell