PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

माओको प्रस्ताव दुत्कार्दा च्याङ काइ सेकको के हालत भयो हेक्का राख्नुस् ओलीजी : पाण्डे



पहिलोपोस्ट

माओको प्रस्ताव दुत्कार्दा च्याङ काइ सेकको के हालत भयो हेक्का राख्नुस् ओलीजी : पाण्डे

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल समूहले आयोजा गरेको राष्ट्रिय एकता भेलामा नेता सुरेन्द्र पाण्डेले ओलीलाई च्याङ काइ सेकको सन्दर्भ सुनाएका छन्।

'माओले च्याङ काइ सेकलाई वार्ताका लागि मिलौं, मिलेर मात्र देश अगाडि बढ्छ। हाम्रा साझा दायित्व छन् देश निर्माणका लागि भनेर वार्ताको प्रस्ताव गरे,' सन्दर्भ उल्लेख गर्दै पाण्डेले भने, 'च्याङ काइ सेकले एउटा आकाशमा दुइटा सूर्य हुन्न। एउटा मात्रै सूर्य हुन्छ भनेर माओलाई जवाफ दिए। माओको वार्तालाई दुत्कार्ने च्याङ काइ सेकको के हालत भयो?' 

उनले चिनियाँ क्रान्तिबाट चाङ काइ सेक सधैका लागि परास्त भएर जाने स्थिति बनेको सुनाए। 'हामीले कमरेड ओलीलाई पनि भनेका छौं यसतर्फ हेक्क राखौं। वार्ता गरेर पार्टी एक ढिक्का बनाएर जाऔ,' उनले भने, 'पार्टीलाई अदालतको फैसला अनुसार अगाडि बढाउ। अहिलेको भुलबाट बाहिरिनुस्। पार्टीलाई मुक्त गर्नुस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell