PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

सिआइवीले बैकिङ कसुर मुद्दामा फरार एक जनालाई समात्यो



पहिलोपोस्ट

सिआइवीले बैकिङ कसुर मुद्दामा फरार एक जनालाई समात्यो

काठमाडौः बैकिङ कसुर मुद्दामा अदालतले कैद फैसला सुनाएका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइवी) को टोलीले झापा गौरादह नगरपालिका वडा नम्बर १ घर भएका ५१ वर्षीय उपेन्द्र प्रसाद ढुङ्गानालाई पक्राउ गरेको हो।

बैकिङ् कसुर मुद्दामा उच्च अदालत पाटनले गत माघ ५ गते एक महिना कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। २०७५ असार २ गते ढुङ्गानाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी चेक काटेर दिएपछि उर्मिला कँडेलले उजुरी दिएकी थिइन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell