PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

कर्णाली प्रदेश सरकार बहुमतमै रहेको माओवादी केन्द्रको दावी, एमाले एक भए संसदमा ‘फेस’ गर्ने



पी बी खड्का

कर्णाली प्रदेश सरकार बहुमतमै रहेको माओवादी केन्द्रको दावी, एमाले एक भए संसदमा ‘फेस’ गर्ने

सुर्खेत : नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेको कर्णाली सरकारले दुई खेमामा विभाजित नेकपा (एमाले) एक हुने अवस्था भए विधि र प्रक्रिया अनुसार संसदमा ‘फेस’ गर्ने जनाएको छ।

एमालेकै नेता माधव नेपाल पक्षले कानुन, विधि र विधान विपरीत कुनै जानकारी नदिएर गरेको गुटगत भेलाको निर्णयप्रति असहमति जनाउँदै सरकारलाई समर्थन कायमै रहेको जनाएको छ। जसले गर्दा पनि कर्णाली सरकार बहुमतमै रहेको माओवादी केन्द्रको दावी छ।

‘बहुमत संख्या नपुगेरै गरेको निर्णय मान्य हुदैँन’, माओवादी केन्द्रकी सांसद सीता कुमारी नेपालीले भनिन्, ‘यो आधिकारीक होइन भन्ने हो, एमालेको पार्टीबाट आधिकारीक निर्णय गरेर आउनुपर्छ, त्यो मान्य हुन्छ, त्यसरी आयो भने फेस गरेर जाने हुन्छ।’

सरकार अल्पमतमा नपरेको माओवादी केन्द्रको दावी छ।

‘सरकार अल्पमतमा परेको अवस्था होइन’, सत्ता पक्षकी सांसद नेपालीले भनिन्, ‘सरकारसँग त अहिलेपनि २२ जना माननीयहरु हुनुहुन्छ।’

बुधवार बसेको एमाले संसदीय दलको बैठक आधिकारीक हो होइन भन्ने विषय महत्वपूर्ण रहेको माओवादी केन्द्रको तर्क छ। एमालेको दलको बैठक बस्नलाई बहुमत सदस्य संख्याका लागि ११ जना चाहिन्छ।

ओली पक्षले भने सभामुख बाहेक १९ जना रहेको भन्दै बहुमत सदस्य उपस्थित रहेको दावी गरेको छ। सो पक्षले डाकेको दलको बैठकमा १० जना उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell