PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

कर्णाली सरकारलाई गरेको समर्थन फिर्ता लिने ओली पक्षको निर्णय प्रदेश प्रमुखको कार्यालयमा पेश



पहिलोपोस्ट

कर्णाली सरकारलाई गरेको समर्थन फिर्ता लिने ओली पक्षको निर्णय प्रदेश प्रमुखको कार्यालयमा पेश

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केपी शर्मा ओली पक्षले कर्णाली प्रदेश सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय प्रदेश प्रमुखको कार्यालयमा पेश भएको छ। सो कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै निर्णय पेश भएको जानकारी दिएको हो।

एमालेको कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी बुधवार प्रदेश प्रमुखको कार्यालयलाई पत्रमार्फत दिएका थिए। संसदीय दलका १० जना सदस्यहरूको हस्ताक्षर र रोहवरमा बिहीवारदेखि लागू हुने गरी समर्थन फिर्ता लिने निर्णय गरिएको बताइएको छ।

यता, नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेको कर्णाली सरकारले भने दुई खेमामा विभाजित नेकपा (एमाले) एक हुने अवस्था भए विधि र प्रक्रिया अनुसार संसदमा ‘फेस’ गर्ने जनाएको छ।

एमालेकै नेता माधव नेपाल पक्षले कानुन, विधि र विधान विपरीत कुनै जानकारी नदिएर गरेको गुटगत भेलाको निर्णयप्रति असहमति जनाउँदै सरकारलाई समर्थन कायमै रहेको जनाएको छ। जसले गर्दा पनि कर्णाली सरकार बहुमतमै रहेको माओवादी केन्द्रको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell