PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

परिस्थिति परिपक्व भए कांग्रेस सरकारको नेतृत्व लिन तयार : रमेश लेखक



पहिलोपोस्ट

परिस्थिति परिपक्व भए कांग्रेस सरकारको नेतृत्व लिन तयार : रमेश लेखक

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने सरकारको नेतृत्व लिने स्पष्ट पारेका छन्।

बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता लेखकले अहिले मुलुक अन्यौलको अवस्थामा रहेको र यसको कारण तत्कालिन नेकपा नै रहेको टिप्पणी गरे।

अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुँदैन भन्ने दुई थरि धारणा रहेको पनि उल्लेख गरे। ‘सरकार हाम्रो रहर होइन। चाहना पनि होइन। तर, बाध्यता आयो भने सरकार दिन कांग्रेस तयार छ। परिस्थिति परिपक्व हुनुपर्छ। वातावरण सुनिश्चित हुनुपर्छ। कांग्रेसले हतार गर्दैन। कांग्रेसले परिस्थितिलाई सुक्ष्म रुपमा हेरेको छ। वातावरण सुनिश्चित भयो भने बनाउनुपर्छ,’ उनले भने।

लेखकले सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाले वैकल्पिक सरकार बनाउनुपर्छ भनेको उल्लेख गर्दै अहिले सरकार बन्ने अवस्था रहेको सुनाए। तर, प्रतिनिधिसभाले सरकार बनाउन सकेन भने प्रकान्तरणमा मुलुक चुनावमा जानुपर्ने पनि उनले उल्लेख गरे। उनले आफ्नो पार्टी अनिर्णयको बन्दी नबनेको पनि दाबी गरे। तर, आफूहरु परिस्थिति सुनिश्चित्ताको पखाईमा रहेको लेखकको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell