PahiloPost

May 15, 2026 | १ जेठ २०८३

२०६२/६३ को परिवर्तनपछि विदेशी हस्तक्षेप र प्रभाव बढ्यो : कमल थापा



पहिलोपोस्ट

२०६२/६३ को परिवर्तनपछि विदेशी हस्तक्षेप र प्रभाव बढ्यो : कमल थापा

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तनपछि मुलुकमा विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेको बताएका छन्। राप्रपा हेटौँडा नगर समितिका नवनिर्वाचित कार्य समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले विदेशीको इसारामा लादिएको एजेन्डाले मुलुकको स्वाधिनता कमजोर हुने विचार व्यक्त गरे।

‘गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीले बोकाई दिएको भारी हो, विदेशीको स्वार्थ पूर्ति गर्न राजनीतिक दल र नेताहरु प्रयोग हुनु दुर्भाग्यपूर्ण भयो’, थापाले भने, ‘नेपालमा सबै शक्ति र विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता छ, अब निषेधको राजनीति अन्त्य गरौँ, सबै अट्न सक्ने राजनैतिक प्रणालीको विकास गरौँ, जसले मुलकलाई सबल, समृद्ध र स्वाधिन बनाउन सकोस्।’

भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन र कुशासनको चक्र तोड्नको लागि राप्रपा बलियो हुनु पर्ने भन्दै थापाले कांग्रेस र कम्युनिस्टको मार्गचित्र असफल भएको दावी गरे। मनपरितन्त्र र ब्रम्हलुटको हिसाब जनताले राखिराखेको भन्दै थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो शक्तिको रुपमा स्थापित हुने दावी गरे।

राप्रपाको ध्यान महाधिवेशन केन्द्रित रहेको भन्दै थापाले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतापूर्वक अघि बढाउन कार्यकर्ताहरुलाई आग्रह गरे। सो अवसरमा राप्रपा नेताहरु मधु अधिकारी, गणेश थापा, राजाराम बर्तौलाले मुलुकमा बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेकोले जनताको माझमा गएर पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell