PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, एट्लेटिको मड्रिड बाहिरियो



पहिलोपोस्ट

चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, एट्लेटिको मड्रिड बाहिरियो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडमाथि जित निकाल्दै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा घरेलु चेल्सीले एट्लेटिको मड्रिडमाथि २-० गोलअन्तरले जित निकालेको हो। यसअघि पहिलो लेगमा १-० को जित निकालेको चेल्सीले समग्रमा ३-० को सहज जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ। चेल्सी सन् २०१३/१४ को सिजनयता  ७ वर्षपछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो।

गएराति सम्पन्न खेलमा चेल्सीलाई खेलको ३४ औं मिनेटमा टिमो वेर्नरको पासमा गोल गर्दै हकिम जिएचले गोल गरे। पहिलो हाफमा एक गोलले अघि रहेको चेल्सीका लागि दोस्रो हाफको अतिरिक्त समयमा इमर्सन पालमिएरी गोल थपे। र, चेल्सीले २-० को जित निकाल्यो। जितसँगै चेल्सीले क्वाटरफाइनलको यात्रा तय गरेको छ भने एट्लेटिको मड्रिड अन्तिम १६ बाट बाहिरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell