PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

काठमाडौं प्रहरीको सक्रियताः तीन महिनामा भन्सार छली गरेर ल्याएका ८९ लाख रुपैयाँ बराबरको सुनदेखि कर्थासम्म बरामद



पहिलोपोस्ट

काठमाडौं प्रहरीको सक्रियताः तीन महिनामा भन्सार छली गरेर ल्याएका ८९ लाख रुपैयाँ बराबरको सुनदेखि कर्थासम्म बरामद

काठमाडौंः महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मात्र तीन महिनाको अवधिमा भन्सार छली गरेर ल्याएको ८९ लाख ३२ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

पुस महिनादेखि चैत १ गतेसम्म विभिन्न कम्पनीका मोबाइल, कपडा, सुन इत्यादि गरेर ८९ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए। सबैभन्दा धेरै कुर्था सुरुवाल र लेहगां बरामद गरेको प्रहरीले जानकारी दिएको छ। ५ सय ७८ थान कुर्था बरामद गरेको हो। तीन महिनामा ५० लाख १ हजार ४ सय रुपैयाँ बराबरको कुर्था सुरुवाल बरामद गरेको हो।

भारत हुँदै काठमाडौं भित्र्याएका मोबाइल र त्यसको ब्याट्री समेत बरामद गरेको छ। ६ सय २६ वटा विभिन्न कम्पनीका मोबाइल र २ हजार ६ सय १० थान मोबाइलको ब्याट्री र १ सय ६५ थान चार्जर नियन्त्रणमा लिएको हो। यी सामानको मूल्य ८ लाख ९५ हजार रुपैयाँ बराबरको रहेको छ।

त्यस्तै त्रिभुवन विमानस्थल हुँदै भन्सार छली गरेर आएको २२ तोला सुन समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। टर्च लाइट, स्पिकर, साडीमा जडान गर्ने पोते समेत बरामद भएको एसएसपी सिंहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell