PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बालुवाटार हिँडेका माधव नेपाल समूहका सांसद किन आधा बाटोबाटै फर्किए?



कमलराज भट्ट

बालुवाटार हिँडेका माधव नेपाल समूहका सांसद किन आधा बाटोबाटै फर्किए?
बालुवाटारको फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजेलाई बोलाएको बैठक भर्खरै सुरु भएको छ। एक बजेसम्म संसदीय दलका नेता ओली पार्टीको अर्को समूह माधव नेपाल निकट सांसदहरुलाई कुरिरहेका थिए।

यता, माधव नेपाल समूह भने अबेर गरी बैठकमा सहभागी नहुने निष्कर्षमा पुगेको छ। हुन त बुधवार साँझ नै पत्रकार सम्मेलनमा माधव समूहका नेता योगेश भट्टराईले भेला छ भन्ने जानकारी हुँदाहुँदै राखेको संसदीय दलको बैठकमा सहभागी नहुने बताएका थिए। उनले दलको बैठक सार्न नेता ओलीलाई आग्रह समेत गरेका थिए। तर, माधव समूहले औपचारिक निर्णय भने गरिसकेको थिएन।

दलको बैठकमा सहभागी हुने कि नहुने भनेर आज बिहान १० बजे नेता माधव नेपाल र झलनाथ खनालले आफू पक्षीय सांसदहरुको बैठक डाके। बैठकमा सुरुमा बालुवाटार जाने कुरा भयो। ११ बजे बैठक बोलाएकाले केही सांसद बालुवाटार हिँडिहाले पनि। तर, माधव-झलनाथ समूहको बैठकले अन्तिममा भेला चल्दै गर्दा ओलीले बोलाएको बैठकमा जान नहुने निष्कर्ष निकाल्यो। सबै सांसदलाई खबर गर्‍यो। बालुवाटार हिँडेका सांसदहरु आधा बाटोबाटै फर्किए।

माधव समूहका सांसद दीपक प्रकाश भट्टले बालुवाटारको बैठकमा सहभागी नहुने निर्णय भएको जानकारी दिए। ‘पहिला छलफलमा जाने भन्ने कुरा आएको हिसाबले केही सांसद गए। तर, सहभागी भएका छैनन्। नजाने निर्णय भएको छ,’ उनले भने।

भट्टका अनुसार सुरुवाती छलफलमा सहभागी भएर आउने कुरा आएको थियो।

‘छलफलकै क्रममा थियो। जाने कुरा आयो भनेर केही साथीहरु पुगेर आउने हो, हस्ताक्षर गर्ने हो, बस्ने होइन। बोल्न दिन्छन् भने आफ्नो कुरा राख्ने हो भन्ने थियो। छलफलकै क्रममा साथीहरु जाने, आधा बाटोमा पुग्ने कुरा भएको हो। फाइनल्ली नजाने भन्ने भयो,’ उनले भने।

माधव र झलनाथसहितको बैठकले नजाने निर्णय गरेपछि सबै सांसदलाई सूचना पठाइयो। बालुवाटारका लागि निस्किएकाहरु बाटैबाट फर्किए। र, ओलीले आयोजना गरेको संसदीय दलको बैठकमा कारवाही गर्ने चेतावनीका बाबजुद नेपाल पक्षधर सांसदहरु अनुपस्थित रहे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell