PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

कीर्ते गरेको अभियोगमा एक युवक समातिए



पहिलोपोस्ट

कीर्ते गरेको अभियोगमा एक युवक समातिए
प्रतिकात्मक तस्बीर

काठमाडौं : प्रहरीले कीर्ते गरेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले ललितपुर महानगरपालिका घर भएका ४१ वर्षीय रविन्द्र महर्जनलाई नियन्त्रणमा लिएको हो।

महर्जनले भ्याली कन्स्ट्रक्सन प्रालिले ललितपुर, पुल्चोक, श्रीमहलस्थित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटर प्याड कीर्ते गरी गरेको प्रहरीले जानकारी दिएको छ।

लेटर प्याडमा “चपर-०९ स्थित निर्माण कार्य निर्माण नै भएको बहुतल्ले अस्पताल भवन, ध्यान केन्द्र, कक्षा कोठा र पर्खाल २०७१ भदौ २४ गते निर्माण कार्य सुरु गरी भ्याट बाहेक जम्मा त्रिचालिस करोडलाख पच्पन्न हजार छ सय नौ रुपैयाँ अठासी पैसा मात्र मा मिति २०७३ असोज ८ गते सम्पन्न गरी लाई हस्तान्तरण गरेको प्रमाणित गरीन्छ” भन्ने उल्लेख गरिएको थियो।

त्यसमा संस्थाका योजना अधिकृत गंगा कुमारी गुरुङ र शिकत दीर्घ कमारी गुरुङको हस्ताक्षर भएको विभिन्न ६ वटा पत्रहरु किर्ते गरी विभिन्न मिति र समयमा नेपाल सरकारका विभिन्न निकायहरुद्वारा आव्हान गरिएका बोलपत्रहरुमा भाग लिने क्रममा उक्त किर्ते गरी तयार गरिएका बौद्ध दर्शन तथा गम्बा बिकास समितिको अनुभवको प्रमाणित पत्र समेत संलग्न गरी सरकारी र सार्वजनिक लिखत कीर्ते गरेको पाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell