PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

दशरथ रंगशालामा त्रिदेशीय फुटबल प्रतियोगिता : टिकटको मूल्य ७०० र १५००



पहिलोपोस्ट

दशरथ रंगशालामा त्रिदेशीय फुटबल प्रतियोगिता : टिकटको मूल्य ७०० र १५००

काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले बंगलादेश, नेपाल र कीर्गिस्तान सम्मेलित त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी लगभग पूरा भएको जनाएको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा पत्रकार सम्मेलन गरी एन्फाले प्रतियोगिताको तयारी ९५ प्रतिशत सकिएको जनाएको हो।

एन्फा प्रवक्त किरण राईले प्रतियोगितामा सहभागी हुन आउने बंगलादेशी ४० जनाको टोली आज आइपुग्ने र कीर्गिस्थान यू २३ टोली चैत ८ गते आइपुग्ने जानकारी दिए। दुवै टोली सोल्टी होटलमा बस्नेछन्।

एन्फाले प्रतियोगितामा १ करोड खर्च हुने र प्रतियोगिताबाट १ करोड ५० लाख रुपैयाँ उठ्ने अनुमान गरेको छ। प्रतियोगितामा पहिलो हुने टोलीले ५ हजार डलर र दोस्रो हुने टोलीले ३ हजार डलर पाउने प्रवक्ता राईले जानकारी दिए।

प्रतियोगिताबाट मुख्य आम्दानीको श्रोत 'टिकेटिङ' रहेको छ भने टाइटल स्पोन्सर र टिभी राइट्सबाट पनि आम्दानी हुने एन्फाको प्रक्षेपण छ।हाल, स्पोन्सर र टिभी राइट्सका लागि छलफल चलिरहे पनि टुंगो लाग्न बाँकी छ।

टिकेटिङतर्फ सामान्य प्यारापिटतर्फ ७०० र भीआईपी तर्फ १५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ। १५ हजार दर्शक क्षमता रहेको दशरथ रंगशालामा सामाजिक दुरी पनि कायम राख्नु पर्ने अवस्थालाई ध्यानमा राख्दै १२ हजार टिकेटमात्र बिक्री हुने जनाइएको छ।

नेपाली टोली प्रतियोगिताका लागि तयार रहेको भन्दै प्रवक्ता राईले भारतमा लिग खेलिरहेका किरण चेम्जोङ र अभिषेक रिजाललाई पनि टिममा बोलाइएको जानकारी दिए।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल, बंगलादेश र कीर्गिस्तानबीच हुन गइरहेको त्रिदेशीय फुटबल सिरिजको तालिका समेत घोषणा गरेको छ।

मार्च २३ (चैत १०) गते हुने पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान भिड्नेछन्। त्यस्तै मार्च २५ (चैत १२) गते हुने खेलमा नेपालले कीर्गिस्तान भिड्नेछन्। र, मार्च २७ (चैत १४) मा हुने खेलमा नेपाल र बंगलादेश भिड्नेछन्।  मार्च २९ (चैत १६) गते हुने फाइनल खेलमा शीर्ष दुई टोलीबिच उपाधीका लागि प्रतिस्पर्धा हुनेछ। सबै खेलहरु साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell