PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

सुन्धाराको होटलमा हनी ट्र्यापमा फसे पुरुष : ब्ल्याकमेलिङ गर्ने दुई महिला पक्राउ



पहिलोपोस्ट

सुन्धाराको होटलमा हनी ट्र्यापमा फसे पुरुष : ब्ल्याकमेलिङ गर्ने दुई महिला पक्राउ

काठमाडौ : 'हनी ट्र्याप' मार्फत् रकम असुली गरेको अभियोगमा प्रहरीले दुई जना महिलालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका घर भएकी ३७ वर्षीय लासरी शाही र ३७ वर्षीय कल्पना हमाललाई नियन्त्रणमा लिएको हो।

उनीहरुले एक पुरुषलाई सुन्धाराको गेष्ट हाउसमा भेट्न बोलाएका थिए। कोठामा सँगै बसेर आपत्तिजनक भिडियो खिचेर ब्ल्याकमेलिङ गरेको उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। उनीहरुले पीडित व्यक्तिसँग पटकपटक लाखौं रुपैयाँ समेत बार्गेनिङ गरेको खुलेको छ।

पक्राउ परेकी लासरीको ती पुरुषसँग एक वर्षदेखि कामको सिलसिलामा चिनजान भएको थियो। त्यसपछि आफ्नो पैसा हराएको र समस्यामा परेको भन्दै होटेलमा बोलाएकी थिइन्। त्यही क्रममा भिडियो खिचेर रकम बार्गेनिङ गरेको देखिएको छ।

पक्राउ परेकी शाही यसअघि पनि विभिन्न अपराधमा संलग्न भएको खुलेको छ। २०६६ मंसिरमा राजु धिताललाई अहपरण गरि मारेको घटनामा बाँके जिल्ला अदालते १४ बर्ष जेल सजाय तोकेको थियो उनलाई। तर, सात वर्ष कारागार बसेपछि उच्च अदालत बाँकेले २०७४ मंसिर २२ गते १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो।

त्यस्तै, गत असोजमा पक्राउ परेका दुवै जनाले वीरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटेलमा बोलाएर जबर्जस्ती करणीको उजुरी समेत दिएका थिए। अदालतले झुटो देखिएपछि उनीहरुलाई नै ३ वर्ष ६ महिना सजाय सुनाएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell