PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

ओलीले हुकुमी शैलीमा संसदीय दलको बोर्ड गठन गरे : योगेश भट्टराई



पहिलोपोस्ट

ओलीले हुकुमी शैलीमा संसदीय दलको बोर्ड गठन गरे : योगेश भट्टराई

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले हुकुमी शैलीमा संसदीय दलको बोर्ड गठन गरेको आरोप लगाएका छन्। नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन्।

नवौं महाधिवेशनको कार्यदिशाको औचित्य पुष्टि भएको भन्दै भट्टराईले फागुन २३ बाट नेकपा (एमाले) पुरानो अवस्थामा फर्किएको बताए। उनले २०७५ जेठ २ गते कायम भएका कमिटी मात्र स्वीकार्य हुने बताए। उनले देशभर भेला, प्रशिक्षण गरी २/३ महिना ब्यापक रुपमा अभियान सञ्चालन गर्ने समेत बताए।

उनले आफूहरु उपयुक्त समूहमा बैठक राखे जाने तर ७ गतेको बैठकमा नजाने स्पष्ट पारे।

उनले भने, ‘हामी पार्टी एकताको पक्षमा उभिएका छौँ, प्रमले संवाद नै गर्दिन भन्नुभएको छ। जेठ २ मा फर्कने हाम्रो बटमलाइन नै हो। हामी २ कायम केन्द्रिय कमिटीको बैठकमा जान्छौ, अरु अवैधानिक बैठकमा जादैनौं।’

ओलीले २८ गतेको निर्णय फिर्ता नलिय पार्टीमा अन्तरसंघर्ष हुने उनको भनाइ छ। उनले बालुवाटारको संसदीय दलको बैठक विधिसंगत छ कि छैन आफूहरुले बुझ्ने समेत बताए।

उनले प्रधानमन्धी ओलीलाई आफूहरुलाई कारबाही गर्न चेतावनी दिँदै किन ढिला गरेको भन्दै प्रश्न गरे।

‘उहाँले किन ढिलो गरिरहनु भएको छ, चाडो कारबाही गरे भैहाल्थो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell