PahiloPost

May 15, 2026 | १ जेठ २०८३

संसदीय बोर्ड गठनमा माधव समूहको प्रतिक्रिया : चाँडो कारवाही गरे भैहाल्यो नि, किन ढिलो गर्नुभएको?



पहिलोपोस्ट

संसदीय बोर्ड गठनमा माधव समूहको प्रतिक्रिया : चाँडो कारवाही गरे भैहाल्यो नि, किन ढिलो गर्नुभएको?
फाइल तस्विर

काठमाडौं: नेकपा एमालेको माधव नेपाल समूहले देशभर भेला र प्रशिक्षण गर्ने निर्णय गरेको छ। बिहीवार राजधानीमा सम्पन्न समूहको दुई दिने भेलाले ३ महिनासम्म व्यापक रुपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको सो समूहमा रहेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

‘भेलाबाट नवौं महाधिवेशनको कार्यदिशाको औचित्य पुष्टि भएको छ। फागुन २३ बाट नेकपा एमाले पुरानो अबस्थामा फर्किएको छ। २०७५ जेठ २ गते कायम भएका कमिटीमात्र स्वीकार्य हुन्छ। अब हामी देशभर भेला, प्रशिक्षण सम्पन्न गर्छौं। २/३ महिना ब्यापक रुपमा अभियान सञ्चालन गर्छौ। गाउँ सबै ठाँउमा हुन्छ,’ भेला समापनपछि आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने।

भट्टराईले आफूहरु पार्टी एकताको पक्षमा उभिएको पनि बताए। तर प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले आफूहरुसँग सम्वाद नै गर्दिन भनेर निषेधको व्यवहार देखाएको उनको भनाइ छ। ओलीजस्तो निरंकुश दुनियाँमा कहि नभएको योगेशको आरोप छ।

आफूहरुको बटमलाइन जेठ २ मा फर्कने भएको उनले बताए। ‘हामी २ गतेको कायम सांगठनिक संरचनाको केन्द्रीय कमिटीको बैठकमा जान्छौं। अरु अवैधानिक बैठकमा जादैनौं। ७ गतेको बैठकमा जादैनौ,’ उनले भने।

अध्यक्ष ओलीले २८ गतेको निर्णय फिर्ता नलिए पार्टीमा अन्तरसंघर्ष हुने चेतावनी पनि योगेशले दिए।

उनले आज बालुवाटारमा बसेको संसदीय दलको बैठक विधिसंम्मत छ कि छैन बुझ्ने पनि बताए। ‘हुकुमी शैलीमा ओलीले संसदीय दलको बोर्ड गठन गर्नुभयो उहाँले किन ढिलो गरिरहनु भएको छ। चाडो कारवाही गरे भैहाल्थो,’ उनले चुनौती दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell