PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मनिषा कोइरालाको बायोपिकमा फिल्म गर्न मन छ : रीमा विश्वकर्मा



पहिलोपोस्ट

मनिषा कोइरालाको बायोपिकमा फिल्म गर्न मन छ : रीमा विश्वकर्मा

काठमाडौं : सञ्चारकर्मी तथा कलाकार रीमा विश्वकर्माले मनिषा कोइरालाको बायोपिक फिल्ममा काम गर्न मन भएको बताएकी छिन्। कमेडी च्याम्पियनको प्रिमियरको बेला पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन्।

‘मिल्यो भने आफ्नै बायोपिकमा अभिनय गर्न चाहन्छु। तर, म बाहेक अरु कसैको गर्नुपयो भने मनिषा कोइरालाको बायोपिकमा फिल्म गर्न मन छ,’ उनले भनिन्।

मिडिया पर्सनालिटी भए पनि रीमाको अभिनयसँगको लगाब बेग्लै छ। कलाकारितासँगको लगाबलाई शब्दमा भन्न नसक्ने र अभिनयमा नशा रहेको उनी बताउँछिन्।

पहिले टेलिभिजनमा महिनाभर काम गर्दा २२ हजार पारिश्रमिक पाउने गरेको बताउँदै उनले एउटा म्युजिक भिडियोमा काम गर्दा एकै दिनमा १८ हजार पाइने गरेको सुनाइन्। धेरै पैसा पाइँदो रहेछ भनेर उनी अभिनयतिर लोभिएकी थिइन्।

रीमाले फिल्म ‘स्वर’, ‘रितु’ र ‘बाटो मुनिको फुल २’ मा काम गरिसकेकी छिन्। फेरि पनि फिल्ममा राम्रो टिमसँग राम्रो काम गर्ने इच्छा रहेको रीमाले बताइन्। साथै धेरै कार्यक्रम गरे पनि हरेक चोटि स्टेजमा जाँदा शुरुको ३र४ सेकेन्ट जहिले पनि आफू नर्भस हुने रीमाले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell