PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

सुजाता कोइराला भन्छिन् : गणतन्त्र र संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आयो



पहिलोपोस्ट

सुजाता कोइराला भन्छिन् : गणतन्त्र र संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आयो

बुटवल : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कम्युनिस्टहरुले धरापमा पारेको लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको बताएकी छिन्।

कांग्रेसका पूर्व सभापती तथा पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा जीपी कोइराला फाउण्डेसन रुपन्देहीको आयोजनामा भएको विचार गोष्ठिमा उनले मुलुकले भोगिरहेको राजनीतिक जटिलताको निकास नेपाली कांग्रेसले नै खोज्नु पर्ने बताएकी हुन्। कांग्रेस कमजोर हुँदा देश कमजोर भएको र राजनीतिक संकट निम्तिएको भन्दै उनले सहमती सहकार्य र एकताबाटै मुलुकलाई सही दिशा दिन कांग्रेसले नेतृत्वदायी भुमिका खेल्नु पर्ने बताइन्।

कम्युनिस्ट पार्टीहरुमा सहमती, सहकार्य र एकताबाट मुलुकलाई अगाडि बढाउने एजेण्डा र नेता नै नभएको भन्दै उनले कम्युनिस्टहरुको सर्वसत्तावाद र अधिनायकवादका विरुद्ध कांग्रेस भित्र पनि सहमती र एकता आवश्यक रहेको उनले बताइन्। मुलुकलाई सही दिशा दिन अन्तर्राष्ट्रिय शक्तिहरुको पछि नलागी उनीहरुलाई आफनो बाटोमा हिँडाउन राजनीतिक दलहरु सक्षम हुनुपर्ने नेता कोइरालाले बताइन्।

‘स्वर्गीय गिरीजाप्रसाद कोइरालालाई पनि विदेशी शक्तिहरुले सुझाव दिन खोज्थे तर उहाँले हामीले लिएका नीति यो अर्थमा मुलुकको हितमा छन भनेर विदेशीलाई पनि कन्भिन्स गर्नुहुन्थ्यो जसका कारण बाह्य शक्तिले हस्तक्षेपकारी भुमिका खेल्न सक्दैनथे’, पूर्व परराष्ट्रमन्त्री समेत रहेकी कोइरालाले भनिन्।

गिरीजाले आजीवन प्रजातन्त्र, शन्ति र विकासका लागि लडेको स्मरण गर्दै उनले मुलुकको हितका लागि गिरीजाबाबु जस्तै निडर र दुरदृष्टि राखेर अगाडि बढ्न नेतृत्वलाई आग्रह गरिन्। व्यक्तिवादी चरित्र हावी हुँदा कांग्रेस कमजोर बनेको भन्दै उनले व्यक्तिवादी चरित्र छोडेर पार्टीलाई जितको दिशामा लैजान स्थानीय नेता कार्यकर्तालाई आग्रह गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell