PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कोभिडको उपचारमा खटिँदाको जोखिम भत्ता माग गर्दै नारायणी अस्पतालका चिकित्सकको प्रर्दशन



राधेश्याम पटेल

कोभिडको उपचारमा खटिँदाको जोखिम भत्ता माग गर्दै नारायणी अस्पतालका चिकित्सकको प्रर्दशन

वीरगंज : नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोरोना संक्रमणको बेलाको जोखिम भत्ताको माग गर्दै बिहीवार अस्पतालमा प्रदर्शन गरेका छन्। सरकारले कोरोना संक्रमणको बेलामा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारीहरूलाई जोखिम भत्ता दिने घोषणा गरेपनि नारायणी अस्पतालबाट सो अवधिमा खटेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीले जोखिम भत्ता नपाएको भन्दै आज अस्पतालमा प्रदर्शन गरेका थिए।

गत साउनदेखि कात्तिकसम्मको जोखिम भत्ता दिनुपर्ने उनीहरूको माग थियो। अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले अहिलेसम्म जोखिमभत्ता नपाएकोमा गुनासो व्यक्त गरे। उनले आफूलगायत स्वास्थ्यकर्मी, कर्मचारीहरू कोरोनाको जोखिममा खटेको तर अहिलेसम्म सो वापतको जोखिमभत्ता नपाएकोमा गुनासो गरे। उनले जोखिमभत्ता अविलम्ब उपलब्ध गराउनुपर्ने अन्यथा कठोर कदम चाल्ने चेतावनी दिए।

नारायणी अस्पतालका मेसु डा सञ्जय ठाकुरले आफूले पनि जोखिमभत्ता नपाएको र सो सम्बन्धमा प्रक्रिया अगाडि बढेको बताए। उनले अस्पताल विकास समितिका सदस्य सन्तोष पासवानको संयोजकत्वमा जोखिमभत्ता सम्बन्धी कमिटी गठन भएको र सो कमिटीले प्रतिवेदन बुझाएपछि भत्ता उपलब्ध गराउने बताए। अस्पताल विकास समितिका सदस्य एवं जोखिमभत्ता समितिका संयोजक सन्तोष पासवानले आफूलाई यो सम्बन्धी जिम्मेवारी १० दिन अगाडि दिएको र सो सम्बन्धमा बिहीवार सरोकारवालाहरूसँग बैठक गरेको र यही मौका छोपी चिकित्सक, स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेको बताए। उनले जोखिमभत्ता दिने कुरामा आफूहरू सकारात्मक भएको तर त्यतिखेर को-को खटे भन्नेबारेमा यकिन तथ्यांक नभएकोले सो तथ्यांक तयार पारेर सोही अनुरूप भत्ता वितरणको तयारी भएको बताए।

नारायणी अस्पतालमा विकास समितिसमेत गरी साढे तीनसयको हाराहारीमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरू कार्यरत छन्। तिनीहरूमध्ये केही मात्र कोरोनाको जोखिमको बेला खटाइएका थिए तर सो अवधिमा कति कर्मचारी खटे र कतिलाई जोखिमभत्ता दिने भन्ने विषयमा अस्पतालसँग कुनै तथ्यांक छैन।

प्रदर्शनपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसँग भएको वार्तामा आइतवारदेखि पहिलो चरणमा गण्डक अस्पताल र नारायणी अस्पतालमा खटेका चिकित्सक कर्मचारी तथा त्यसपछि अन्य कर्मचारीहरुको जोखिम भात्ता दिने सहमति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell