PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

अफ्रिकन टिम अरासलाई हराउँदै आर्मी स्थानीय तह शहीद स्मृति गोल्डकपको फाइनलमा



निशा गुरुङ

अफ्रिकन टिम अरासलाई हराउँदै आर्मी स्थानीय तह शहीद स्मृति गोल्डकपको फाइनलमा

हेटौँडा : त्रिभुवन आर्मी क्लब हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहीवार भएको दोस्रो सेमिफाइनलमा विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनलाई हराउँदै विभागीय टोली नेपाल आर्मी फाइनल प्रवेश गरेको हो। फाइनलमा आर्मी र आयोजक मकवानपुर ११ उपाधिका लागी भिड्ने भएका हुन्।

हेटौँडाको बन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को खेल मैदानमा बिहीवार भएको दोस्रो सेमिफाइनलमा आर्मीले विदेशी क्लब अरासलाई १-० गोल अन्तरले हरायो।

आर्मीको जितमा आशिष शाक्यले गरेको एक मात्र गोल निर्णायक बन्यो। बिहीवारको खेलको म्यान अफ द म्याच आर्मीका क्याप्टेन टेक बहादुर बुढाथोकी घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

शनिवार प्रतियोगिताको उपाधिका लागी आर्मी र आयोजक मकवानपुर ११ बीच खेल हुनेछ। प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell