PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

एनएसएलमा विराटनगर सिटीका मार्की खेलाडी रञ्जीत धिमाल



पहिलोपोस्ट

एनएसएलमा विराटनगर सिटीका मार्की खेलाडी रञ्जीत धिमाल

काठमाडौं : आगामी महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल)को लागि विराटनगर सिटी एफसीले मार्की खेलाडी सार्वजनिक गरेको छ।

विराटनगर सिटीले राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मिडफिल्डर रञ्जीत धिमाललाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो। एक कार्यक्रम गरी विराटनगरले धिमाललाई सार्वजनिक गर्दा प्रशिक्षक चाहि विदेशबाट ल्याउन पहल भइरहेको जानकारी दियो।

यससँगै प्रतिस्पर्धा गर्ने ७ टोलीमध्ये पाँच टोलीले मार्की खेलाडी सर्वाजनिक गरेका छन्। अब बुटवल र पोखराले सार्वजनिक गर्न बाँकी छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell