PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

मालपोतका शाखा अधिकृत २४ हजार रुपैयाँ घुससहित पक्राउ



रासस

मालपोतका शाखा अधिकृत २४ हजार रुपैयाँ घुससहित पक्राउ

महेन्द्रनगर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिइरहेका अवस्थामा आज मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ।

कार्यालय समयमा सेवाग्राहीबाट २४ हजार रुपैयाँसहित शाखा अधिकृत जोशीलाई पक्राउ गरेको आयोग कञ्चनपुरका सूचना अधिकृत हरिश जोशीले जानकारी दिए।

‘अख्तियारको टोलीले शाखा अधिकृत जोशीलाई रकमसहित पक्राउ गरी अनुसन्धान थालेको छ’, उनले भने, ‘विस्तृत विवरण संकलन हुँदैछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell