PahiloPost

May 15, 2026 | १ जेठ २०८३

महान्यायाधिवक्ता खरेलले गर्दै पत्रकार सम्मेलन, चर्चामा राजीनामा



पहिलोपोस्ट

महान्यायाधिवक्ता खरेलले गर्दै पत्रकार सम्मेलन, चर्चामा राजीनामा

काठमाडौं: महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज एक बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। 

पदबाट राजीनामा दिने चर्चा चलिरहेका बेला महान्यायाधिवक्ता खरेलले कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन्। के तपाईले राजीनामा दिनुभएको हो? पहिलोपोस्टको प्रश्नमा खरेलले भने, १ बजे पत्रकार सम्मेलनमा आउनुस्। के हो त्यहीँ थाहा हुन्छ।'

यता नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले खरेलले आजदेखि लागु हुनेगरी राजीनामा दिएको जानकारी पहिलोपोस्टलाई दिए।

प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतमा परेको मुद्दामा सरकारको ‘डिफेन्स’ गर्न नसकेको, कमजोर बहस गरेको र सरकारको प्रतिरक्षामा फितलो भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली खरेलप्रति असन्तुष्ट रहेको खबर आएका थिए।

खरेलले त्यतिबेलै राजीनामा दिन खोजे पनि प्रधानमन्त्रीले मुद्दाको टुंगो लागेपछि दिन भनेर रोकेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell