PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

दुगड आइरन उद्योगका प्रवन्ध निर्देशक समातिए



पहिलोपोस्ट

दुगड आइरन उद्योगका प्रवन्ध निर्देशक समातिए

काठमाडौं : दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक पक्राउ गरेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले प्रकाश दुगडलाई नियन्त्रणमा लिएको हो। बैङ्किङ कसुर मुद्दामा उनलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए।

'आज बिहान हामीले नियन्त्रणमा लिएका हौँ। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।

विष्णुमान श्रेष्ठ, प्रकाश दुगड र सरिता प्रधान विरुद्ध उजुरी दिएका थिए। ५ लाख ६७ हजार १ सय ६० रुपैयाँको चेक अनादर भएको उल्लेख गरिएको छ। प्रहरीले अदालतबाट अनुमिति लिएर पक्राउ गरेको जानकारी दिएको छ।

दुगडविरुद्ध महानगरीय प्रहरी वृत्त कमलपोखरीमा बैकिङ कसुरमा उजुरी दर्ता भएको थियो। त्यसैको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो। उनलाई अहिले कमलपोखरी वृत्तमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell