PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

काठमाडौंको चाल्नाखेलको जंगलमा दुई पुरुष मृत भेटिए



पहिलोपोस्ट

काठमाडौंको चाल्नाखेलको जंगलमा दुई पुरुष मृत भेटिए
फाइल फोटो

काठमाडौं : काठमाडौंको चाल्नाखेलमा दुई पुरुषको शव फेला परेको छ।

आज दिउँसो शव फेला परेको जानकारी आएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले जानकारी दिए।

'हामी भर्खरै घटनास्थलमा पुगेका छौं। दुईवटा शव जंगलमा मृत अवस्थामा फेला परेको हो। अनुसन्धान सुरु भइसकेको छ,' एसपी बस्नेतले भने।

घटना हत्या वा आत्महत्या के हो भन्ने खुलिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell