PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रतिनिधिसभामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा, शान्ति सम्झौतालाई भत्काउन खोजेको नेता खाँणको आरोप



पहिलोपोस्ट

प्रतिनिधिसभामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा, शान्ति सम्झौतालाई भत्काउन खोजेको  नेता खाँणको आरोप

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री ओलीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने माग गरेका छन्।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सर्वोच्च अदालतको फैसाल पछि नैतिकताका आधारमा सरकारले मार्ग प्रसस्त गर्नुपर्ने भए पनि त्यसो नगरेको भन्दै उनले सरकारको आलोचना गरे। 'अदालतले सरकरको कमदलाई असंवैधानिक भनिसकेपछि सरकारले नैतिकताको आधारमा मार्ग प्रसस्त गर्नुपर्ने भए पनि सरकार जिम्मेवार भएको छैन। यो सरकार गठन भएदेखि नै संविधान माथि प्रहार गरेको थियो,' उनले भने।

सरकारले सार्वजनिक ठाउँमा कार्यक्रम गर्न बन्देज लागएर पनि प्रतिगमन गरेको उनको आरोप थियो। मिडीया विधेयक, सूचना प्रविधि, गुठी विधेयक लगायतका विधेयक ल्याएर सरकारले प्रतिगमन गरेको खाँणले आरोप लगाए।

कसैलाई जानकारी नै नदिएर भुमिगत शैलीमा ओलीले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेकाले सरकारको शैली निरंकुश भएको उनको भनाई थियो।

'हामी सरकारलाई सहयोग गरिरहेका थियौँ। कोभिड महामारी चलिरहेको छ। महाभियोग आउला भनेर संसद अधिवेशन हतार हतार अन्त्य गरिदिएको रे। महाअभियोग आए त फेस गरे भइहाल्थो,' उनले भने। सरकारले संसदमा महत्वपूर्ण विधेयक ल्याउदा सहयोग नभएको आरोप झुटो भएको उनको भनाई छ।

प्रतिनिधिसभा पुनर्स्थापना पछि पनि सरकारले प्रतिनिधिसभालाई काम नदिएको उनको भनाइ थियो। सरकारले सदनमा विधेयक ल्याउन नसकेको बताए। 

'एसिड आक्रामण सम्बन्धि दोषिलाई कडा भन्दा कडा सजाय होस हाम्रो यसमा सरकारलाई साथ छ। बरिष्ठ नेता रामचन्द्र पौडेलले ज्ञापन बुझाउनु भएको हो,' उनले भने, 'अहिले सरकारले एसिड आक्रमण सम्बन्धी अध्यादेशमा पनि रिजर्भ बसेको छ।'

अहिलेको सरकारको पालमा सबैभन्दा बढि महिला हिंसा भएको खाँणले आरोप लगाए। उनले ओली सरकारले शान्ति सम्झौतालाई भत्काउन चाहेकोसमेत आरोप लगाए। 

'टिआरसिका बारेमा हामी सबैभन्दा बढि संवेदनशील छौँ। शान्ति प्रक्रियाका बेला निन्याउरो बनाएकाहरु अहिले शान्ति प्रक्रिया ध्वस्त बनाउन लागिरहेका छन्,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell