PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सांसद पम्‍फा भुसालको प्रश्न : जिब्रो चिप्लिँदा मन्त्रीको राजीनामा माग्ने प्रधानमन्त्रीले असंवैधानिक काम गर्दा राजीनामा दिनुपर्दैन?



पहिलोपोस्ट

सांसद पम्‍फा भुसालको प्रश्न : जिब्रो चिप्लिँदा मन्त्रीको राजीनामा माग्ने प्रधानमन्त्रीले असंवैधानिक काम गर्दा राजीनामा दिनुपर्दैन?

काठमाडौं :  नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर राजनीति नै विकृत गराएको आरोप लगाएकी छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै भुसालले यस्तो आरोप लगाएकी हुन्। जिब्रो चिप्लिएकै आधारमा कानुन मन्त्रीको राजीनामा गराउने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको मुद्दामा पराजित हुँदासमेत राजीनामा नदिएको भन्दै उनले राजनीतिलाई विकृत र बदनाम गराएको आरोप लगाइन्। 

'संविधानमाथि नै प्रहार गरेर असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको कुरा स्पष्ट भयो। सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई अदालतले पुनर्स्थापन गरेपछि अहिले हामी छौं। नैतिकताको कुरा छ भने सरकारका मन्त्रीलाई बोली चिप्लिएकै कारण राजीनामा दिन बाध्य पारिएको थियो। तर, अहिले जितेको जस्तो बुर्कुसी मारेर के देखाएको,' उनले भनिन। 

ओलीलाई तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेता र प्रधानमन्त्री बनाएको भए पनि उनी तानाशाह बनेको भुसालको टिप्पणी थियो।

'हामीले दलको नेता बनाएका थियौँ। तानाशाहा बनाएका थिएनौँ। हामीले पार्टीभित्रै बिरोध गर्‍यौँ। बैठक बस्न पत्र लेख्नुपर्ने। पाँचै वर्ष सरकार चलाउन भन्यौँ। दलाल पुजीँपतिका लागि होइन जनताका लागि चलाउनुस् भन्यौ,' उनले भनिन्।

ओलीले चुनाव भनेर ढाटिरहेको भुसालको आरोप थियो। उनले ३/३ वर्षमा चुनाव गर्न सम्भव नभएको तर्क गरिन। ओलीले फेरि पनि दुई तिहाइको बहुमत ल्याएर शासन चलाउने कुतर्क गरिरहेको उनको आरोप थियो। 

'हाम्रो जस्तो निर्वाचन प्रणालीमा बहुमत पनि सँधै आउँदैन। दुई-तिहाईको धाक दिएर आफ्नो गल्ती ढाकछोप नगर्नुस् प्रधानमन्त्रीजी। भ्रममा नपर्नुस अलि अलि आलोचना पनि सुन्ने गर्नुस्,' भुसालले भनिन, 'के हाम्रो देशमा ३/३ वर्षमा निर्वाचन हुन सक्छन्। जनताले खान पाएका छैनन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell