PahiloPost

May 15, 2025 | २ जेठ २०८२

जंगलमा दुई युवकको शव, एउटा खोल्सामा अर्को डिलमा, कुकुरसहित प्रहरी जुट्यो अनुसन्धानमा

जंगलमा दुई युवकको शव, एउटा खोल्सामा अर्को डिलमा, कुकुरसहित प्रहरी जुट्यो अनुसन्धानमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : जंगलमा दुई शव भेटिएपछि अनुसन्धानका लागि कुकुर सहित प्रहरीको ठूलो टोली चाल्नाखेल पुगेको छ।

टौदहभन्दा केही पर सडकबाट २ सय मिटर जति माथि जंगलमा शव भेटिएको हो। एउटा शव खोल्सामा फेला परेको छ भने अर्को माथि डिलमा। 

शव २५ देखि ३० वर्ष उमेरका पुरुषहरुको भेटिएको हो। प्रहरीले अनुसन्धानका लागि दुई वटा कुकुर समेत परिचालन गरेका छन्। उनीहरुको मृत्युको कारण खुलिसकेको छैन। साथै पहिचान पनि प्रहरीले सार्वजनिक गरेको छैन।

शव भेटिएको स्थानमा प्रहरीले प्रवेश निषेध गर्दै पहेँलो फित्ताले घेराबन्दी गरेको घटनास्थलबाट पहिलोपोस्टकर्मी प्रवीण रानाभाटले जानकारी दिएका छन्। उनका अनुसार दुई जनाको मृत्युको खबरपछि स्थानीयहरुको भिड लागेको छ।


 
 



ट्रेन्डिङ पोस्ट

Ncell