PahiloPost

May 15, 2026 | १ जेठ २०८३

महान्यायाधिवक्ता खरेलको ठाउँमा रमेश बडाल



पहिलोपोस्ट

महान्यायाधिवक्ता खरेलको ठाउँमा रमेश बडाल

काठमाडौं : सरकारको कानुनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधीवक्ता पदबाट अग्नि खरेलले राजीनामा दिएपछि उनको स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीले रमेश बडाललाई सिफारिस गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको नियुक्ति गर्नेछिन्।

सिफारिस भएका बडाल कानुन व्यवसायी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा मुद्दा चल्दा बडालले ओलीका पक्षमा संयोजनकारी भूमिका खेलेका थिए। 

आजै १ बजे पत्रकार सम्मेलन गर्दै अग्नि खरेलले राजीनामा बुझाएको जानकारी गराएका थिए। उक्त पद रिक्त भएपछि ओलीले बडाललाई छनोट गरेका हुन्।

केही साता अघिदेखि नै खरेलले राजीनामा दिने चर्चा चलेको थियो। खरेलले सक्रिय राजनीतिक जीवनमा फर्किनका लागि राजीनामा दिएको बताएका थिए। २०७४ फागुन ८ गते उनी महान्यायाधीवक्तामा नियुक्त भएका थिए।

सिफारिसमा परेका बडाल २८ औं महान्यायधीवक्ता हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell