PahiloPost

May 15, 2026 | १ जेठ २०८३

एक एक्साभे अपरेटर जसले जिउँदो महिलालाई माटोले पुरेर भएको थियो फरार...



पहिलोपोस्ट

एक एक्साभे अपरेटर जसले जिउँदो महिलालाई माटोले पुरेर भएको थियो फरार...

काठमाडौं : जिवित महिलालाई ठक्कर दिइ खाल्डोमा पुरेर फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को टोलीले  सल्यान घर भएका २२ वर्षीय जीवन भनिने भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो।

फागुन ११ गते धादिङ त्रिपुरासन्दरी गाउँपालिका सोल्सी स्थित सडक निर्माण गर्ने क्रममा बुढाथोकीले ४० वर्षीय सरस्वती कुमाललाई माटो फाल्ने एक्साभेटरको वकेटले ठक्कर दिइँ माटोले पुरेर फरार भएका थिए।

'त्यहाँबाट भागेर उनी भारतको विभिन्न स्थानमा लुकेको पाइयो। हाम्रो टोलीले खोजी गरिरहेको थियो। त्यही क्रमममा कन्चनपुरको गड्डा चौकीबाट पक्राउ गरिएको हो,' व्यूरोका डीआइजी सहकुल थापाले भने।

पक्राउ परेका एक्साभेटरका चालक बुढाथोकीले भने आफूले महिलालाई नदेखको बयान दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell