PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति



सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति
Photo : AFP

सामिआ सुलुह हसन तान्जानियाकी पहिलो महिला राष्ट्रपति नियुक्त भएकी छिन्। राजधानी दारेसलाममा आयोजित कार्यक्रममा हसनले शुक्रबार राष्ट्रपति पदको सपथ ग्रहण गरिन्।  

गत बुधवार उपचारका क्रममा तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको थियो। उपराष्ट्रपति रहेकी समिआ सुलुह हसन तान्जानियाको संविधान अनुसार राष्ट्रपति बनेकी हुन्।

सपथ लिएपछि हसनले इमानदार भई व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने बताइन्। संविधानअन्तर्गत हसनले सन् २०२५ सम्म राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell